4 months ago
October 26, 2024
रुपन्देही (हाम्रो खेलकुद)- भारतको लाइफ केयर क्रिकेट क्लबले विपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ।
रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंगशालामा शनिवार फाइनलमा लाइफ केयर क्रिकेट क्लबले नेपालको नेक्सस रुपन्देही एघारलाई २१ रनले पराजित गर्दै उपाधि जितेको हो।
१ सय ६५ रनको लक्ष्य पाएको नेक्ससले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो।
नेक्ससका कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए। यस्तै बसिर अहमदले २५, शंकर रानाले २४, सुमित महर्जनले २० तथा मृनाल गुरुङले १५ रन जोडे।
लाइफ केयरका सक्षम शर्माले ३ ओभरमा ११ रन दिएर सर्वाधिक ३ विकेट लिए । जस्मित नैन र कप्तान योगेश कुमारले समान २ तथा रोहित दांगवाल, शुभम लाम्बा, क्षितिज त्रिपाठीले समान १ विकेट लिए।
त्यस अघि टस जितेर ब्याटिङ गरेको लाइफ केयरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनायो। टोलीका शुभम लाम्बाले सर्वाधिक ३९ रन बनाए।
यस्तै दिपक पुनियाले ३८, एकांश दोबलले २५, दिपांशु फोरेले २४, राजेश शर्माले १७ तथा बिपुल कम्बोजले अविजित १० रन जोडे।
नेक्ससका दिपेश कंडेलले २, शाहब आलम, बसिर अहमद, दिनेश अधिकारी र कृष्ण कार्कीले समान १ विकेट लिए। लाइफ केयरले उपाधिसहित ५ लाख र उपविजेता नेक्ससले ३ लाख रुपैयाँ प्राप्त गर्यो।
लाइफ केयरका दीपक पुनिया प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी वापत ३५ हजार र उत्कृष्ट ब्याटर वापत २० हजार रुपैयाँ पुरस्कार पाए। नेक्ससका शाहब आलम उत्कृष्ट बलर घोषित भए र २० हजार रुपैयाँ प्राप्त गरे । विजेता टोलीका शुभम लाम्बा फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए।
पूर्व गृहमन्त्री बालकृष्ण खांड, संबिधान सभा सदस्य इस्तियाक अहमद खान, लुम्बिनी प्रदेशका प्रदेश सभा सन्तोष पाण्डे, जमुना ढकाल, कन्हैया बानियाँले विजेता उपविजेता टोलीलाई पुरस्कृत गरे।
८ दिन चलेको प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रका क्लबहरुको सहभागिता थियो।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]