4 months ago
October 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर विपिन महतोको ७ विकेटका बाबजुद कोशी प्रदेश नरेश स्मृती यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशसँग २२ रनले पराजित भएको छ ।
शनिवारबाट विराटनगरमा सुरु प्रतियोगिता पहिलो खेलमा १ सय ८६ रनको लक्ष्य पछ्याएको कोशीले ४३ ओभरमा १ सय ६३ रन अल आउट भयो ।
कोशीका सोनु अन्सारीले ४८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३९, आशिष मगरले ४१ बलमा ३१, विपिन महतोले ८ बलमा १४ र रविन मण्डलले १० रन बनाए । मधेशका रन्जित कुमार र अरफुदिन रेनले ३-३ तथा राजेश यादव, अभिषेक तिवारी र रोहन शाहको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि ग्रिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर मधेशले ब्याटिङ रोजेकोमा ४६.२ ओभरमा १ सय ८५ रनमा अल आउट भयो ।
मधेशका ओपनर तथा नेपाल ए बाट खेली सकेका मयन यादवले ६६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । शहिल यादवले ४६ बलमा २ चौका र ३ छक्कासहित ४८, कप्तान अभिषेक तिवारीले २३ तथा निरज कुमार यादवले २१ रन जोडे ।
कोशीका विपिन महतोले ९.२ ओभरमा ४२ रन खर्चिदै ७ विकेट लिदै हारका बाबजुद प्लेयर अफ द म्याच चुनिए । कार्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागीता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]