5 months ago
October 26, 2024
एजेन्सी – तेस्रो तथा निर्णायक टेस्टमा इङ्ग्ल्यान्डलाई हराउँदै घरेलु टोली पाकिस्तानले टेस्ट सिरिज जितेको छ ।
रावलपिण्डी क्रिकेट स्टेडियममा शनिवार सकिएको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेटले जितेको हो । त्योसँगै ३ टेस्टको सिरिज पाकिस्तानले २-१ ले जितेको छ ।
तेस्रो दिन नै सकिएको टेस्टमा ३६ रनको लक्ष्य पाकिस्तानले मात्र १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि कप्तान शान मक्सुदले ६ बलमा २३ तथा अब्दुल्लाह सफिकले ५ रनमा नटआउट रहे ।
पहिलो इनिङमा ७७ रनले पछि परेको इङ्ग्ल्यान्ड दोस्रो इनिङमा १ सय १२ रनमा अलआउट भएको थियो । दोस्रो इनिङमा इङ्ग्ल्यान्डले ३५ रनको अग्रता लिए पछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो ।
दोस्रो इनिङमा जो रुटले सर्वाधिक ३३, ह्यारी ब्रुकले २६ तथा बेन डुकेटले १२ रन जोडे । पाकिस्तानका लागि नुमान अलिले १८.२ ओभरमा ४२ रन खर्चिएर ६ विकेट लिए । साजिद खानको नाममा ४ विकेट रह्यो ।
त्यसअघि पहिलो दिन टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली २ सय ६९ रन बनाउँदै अल आउट भयो । जेमी स्मिथले सर्वाधिक ८९, ओपनर बेन डुकेटले ५२, गस एटकिन्सनले ३९ तथा ज्याक कर्लिले २९ रन जोडे ।
पाकिस्तानका लागि साजिदले ६ , नोमान अलिले ३ तथा जाहिद मोहम्मदले १ विकेट लिए ।
पहिलो इनिङमा पाकिस्तान ३ सय ४४ रन जोड्दै अल आउट भयो । साउद सकिलले १ सय ३४ रनको शतकीय पारी खेले ।
पहिलो टेस्ट इनिङ र ४७ रनले गुमाएको पाकिस्तानले दोस्रो खेलमा १ सय ५२ रनले जितेको थियो।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]