1 month ago
October 26, 2024
एजेन्सी – मोहम्मद वासिमले युएईको ओडिआई टोलीको कप्तानबाट राजीनामा दिएका छन् ।
शुक्रवार वासिमले कप्तानीबाट राजिनामा घोषणा गरेका हुन् । विकेटकिपर ब्याट्सम्यान राहुल चोपडालाई नयाँ कप्तानको रुपमा नियुक्त गरिएको छ ।
चोपडाले नोभेम्बरको सुरुमा ओमानमा हुने आइसिसी क्रिकेट विश्व कप लिग २ को अर्को चरणको खेलमा युएईको कप्तानी गर्नेछन्।
‘एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न मैले कप्तानबाट राजीनामा दिने निर्णय गरेको छु । नयाँ कप्तानलाई मेरो शुभकामना छ, म उनलाई पूर्ण सहयोग गर्नेछु ,’ वासिमले भनेका छन् ।
३० वर्षीय वासिमले सन् २०२३ को मार्चमा नेपालविरुद्धको खेलबाट ओडिआई टोलीको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा युएईले केवल ७ ओडिआई जितेको थियो भने १९ मा हार बेहोरेको थियो ।
टि ट्वान्टी आईमा भने वासिमले नै कप्तानी गर्नेछन् ।
November 25, 2024
सूर्य शुभचिन्तक,वीरगञ्ज नेपाली महिला यु १९ क्रिकेट टोलीकी सदस्य वीरगञ्जकी क्रिकेट खेलाडी साना प्रविणलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ । महानगरमै आइतवार आयोजित एक कार्यक्रमका बीचमा महानगरले उनलाई ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । साना प्रविणले हालै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् । […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन्। सुन्धारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ ट्रफी अनावरण गरेका हुन्। ट्रफीमा कालापथ्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले […]
November 24, 2024
एजेन्सी – अफ्रिकी राष्ट्र आइभरी कोस्टले टि ट्वान्टी आई सबैभन्दा कम रनको कीर्तिमान बनाएको छ । आइतबार आइसिसी मेन्स टि ट्वान्टी विश्व कप अफ्रिका महादेश उप क्षेत्रीय छनोटमा आइभरी कोस्ट नाइजेरियाविरुद्ध ७ रनमा अल आउट भएको हो । एक इनिङमा ७ रनमा अल आउट हुदै आइभरी कोस्टले आइल अफ म्यान र मंगोलीयाले १० रनमा अल […]