4 months ago
October 25, 2024
एजेन्सी – ओमानमा जारी एसिसी मेन्स इमर्जिङ कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए माथि जित हात पारेको छ ।
ओमानको मस्कटमा भएको इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा भारत ए ले अफगानिस्तान ए सँग २० रनले पराजित भयो ।
अफगानिस्तान ए ले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको भारत ए ले निर्धारित २० ओभरमा १ सय ८६ रन मात्र बनाउन सक्यो । भारत ए का लागि रमनदिप सिंहले ३४ बलमा सर्वाधिक ६४, आयुश बदोनीले २४ बलमा ३१, निशान्त सिन्धुले १३ बलमा २३ तथा प्रभसिमरन सिंहले १३ बलमा १९ रन जोडे । अफगानिस्तानका लागि अल्ला गजन्फर र अब्दुल रहमानले समान २ तथा शरफुरदिन असरफले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ए ले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रनको योगफल तयार गरेको थियो । अफगानिस्तानका लागि ओपनर सिदिकउल्लाह अतलले ५२ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ८३ रन बनाएका थिए ।
अर्का ओपनर जुबदी अकबरी र अतलले पहिलो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेका थिए ।
अकबरीले ४१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६४ रन जोडेका थिए । करिम जन्नतले २० बलमा ४१ रन जोडे । भारतका लागि रसिक सलामले ३ विकेट लिए ।
जितसँगै अफगानिस्तानले एसिसी इमजिङ कपको फाइनलमा स्थान बनाएको छ । पहिलो सेमिफाइनलमा जित हात पार्दै श्रीलंका ए ले फाइनलमा स्थान बनाइसकेको छ । श्रीलंका ए ले पाकिस्तान ए लाई पराजित गरेको हो । फाइनल खेल आगामी आइतवार हुनेछ । ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]