default_image

4 months ago

October 25, 2024

नामिबियाका कप्तानले काठमाडौंबाट खेल्ने

970 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नामिबिया क्रिकेट टोलीका कप्तान जेहार्ड एरास्मसले काठमाडौं गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।

काठमाडौंले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर एरास्मसलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ ।

काठमाडौंले पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका विस्फोटक ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको थियो । २९ वर्षिय एरास्मसले हालसम्म नामिबियाका लागि ५२ ओडिआई तथा ६५ टि ट्वान्टी आई खेलेका छन् । हालसम्म टि ट्वान्टी आईमा एरास्मसले १ हजार ५ सय ५७ रन बनाउनुको साथै ५३ विकेट समेत लिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेको काठमाडौंमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । एरास्मस एनपिएलमा अनुबन्ध हुने १३औं विदेशी खेलाडी हुन् ।

विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडीयस प्रकार रहेका छन् :

पोखरा एभेन्लेजर्स : अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप,

कर्णाली याक्स : पाकिस्तानका हुसेन तलात

सुदूरपश्चिम रोयल्स : स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेब

लुम्बिनी लायन्स : इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स

काठमाडौं गुर्खाज : नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट

विराटनगर किंग्स : ओमानका कप्तान अकिब इल्यास

जनकपुर बोल्ट्स : जिमी निशम, अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्प

चितवन राइनोज : दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग

काठमाडौं गुखार्जको टिम

करण केसी, दिपेश कडेल, सुमित महर्जन, साहव आलम, शंकर राना, भीम सार्की, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, राशिद खान, कृष्ण कार्की, माईकल लेभिट र जेरार्ड एरास्मस

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.