4 months ago
October 25, 2024
एजेन्सी – क्रिकेट अस्ट्रेलियाले डेभिड वार्नरमाथि लगाएको आजीवन कप्तानीमाथि लगाएको प्रतिबन्ध साढे ६ वर्षपछि फुकुवा भएको छ ।
सन् २०१८ मा केपटाउनमा भएको स्यान्डपेपर घटनापछि क्रिकेट अस्ट्रेलियाले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।
अब वार्नरले आगामी सिजनमा बिग बास लिग(बीबीएल) मा सिड्नी थन्डरको कप्तानी गर्ने सम्भावना छ । उनी पहिलो पटक पूरै सिजनका लागि उपलब्ध हुनेछन् ।
वार्नरले प्रतिबन्धपछि आइपिएलमा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सको नेतृत्व गरेका थिए । गत जुनमा टि ट्वान्टी विश्वकपपछि सबै फर्म्याटबाट सन्यास लिएका थिए ।
सन्यास अघि वार्नरले अन्तर्राष्ट्रिय रुपमा अस्ट्रेलियाको टोलीको कप्तानी गर्ने अवसर पाउने अपेक्षा रहेको थियो ।
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]