4 months ago
October 24, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ देखि लखनउ सुपर जायन्ट्सका कप्तान रहेका केएल राहुललाई टोलीले रिटेन गर्ने सम्भावना कम देखिएको छ ।
यदि लखनउले रिटेन नगरेमा राहुल सन् २०२५ को सिजन अघि हुने मेगा अक्सनमा उपलब्ध हुनेछन् ।
लगातार दुई सिजन प्लेअफमा स्थान बनाएको लखनउ सन् २०२४ को आइपिएलमा सातौं स्थानमा रहेपछि राहुलको कप्तानीमा प्रश्न उठेको थियो ।
राहुल लखनउका लागि सर्वाधिक रनकर्ता हुन् । उनले आइपिएल २०२२ मा ६ सय १६ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा थिए । चोटका कारण २०२३ सिजनको दोस्रो हाफ गुमाएका थिए । २०२४ मा ५ सय २० रनका साथ लखनउको शीर्ष रनकर्ता बनेका थिए ।
राहुलले रन बनाए पनि उनको स्ट्राइक रेटमा भने सधै प्रश्न उठ्ने गर्दछ ।
गत सिजन सनराइजर्स हैदरावादसँग हार बेहोरेपछि लखनउका मालिक सञ्जीव गोयन्काले राहुलसँग मैदानमै असन्तुष्टि पोखेका थिए । टेलिभिजनमा देखिएको राहुलसँग गोयन्काको कुराकानीले उनको भविष्यलाई लिएर अड्कलबाजी सुरु गरेको थियो । यद्यपि, गोयन्काका अनुसार राहुलसँग उनको कुराकानी सौहार्दपूर्ण थियो।
गत अगस्टमा कोलकातामा भारतका पूर्व तीव्र गतिका बलर जहिर खानलाई मेन्टर घोषणा गर्न आयोजित कार्यक्रममा गोयन्काले राहुललाई लखनउको परिवारको महत्वपुर्ण सदस्य भनेका थिए ।
अक्टोबर ३१ मा १० फ्रेन्चाइजीले आइपिएलमा रिटेन खेलाडीको सूची बुझाउनु पर्नेछ । सन् २०२५ को सिजनका लागि हुने मेगा अक्सन हुँदैछ । अक्सन अघि हरेक टोलीले बढीमा ६ जनासम्म खेलाडी रिटेन गर्न सक्नेछन् ।
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]