default_image

2 hours ago

October 24, 2024

बलिङमा सुन्दर चम्किदा न्युजिल्याण्ड कम रनमा समेटियो

425 views

0 Bookmark

एजेन्सी – भारतका स्पिन बलर वासिंटन सुन्दरको सानदार बलिङको सहयोगमा भारतले न्युजिल्याण्डलाई कम रनमा नै रोकेको छ ।

भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा बिहीवार न्युजिल्याण्ड २ सय ५९ रन मै अल आउट भयो । भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो।

न्युजिल्याण्डका लागि डेभोन कन्वेले सर्वाधिक ७६, रचिन रविन्द्रले ६५, मिचेल स्यान्टेनरले ३३, विल योंग र ड्यारेल मिचेलले समान १८ तथा कप्तान टम लाथमले १५ रन जोडे । एक समय १ सय ९७ रनमा ३ विकेट गुमाएर बलियो स्थितीमा रहेको न्युजिल्याण्डले ६२ रन जोड्दा बाँकी ७ विकेट गुमायो ।

भारतका लागि सुन्दरले २३.१ ओभरमा ५९ रन खर्चिएर ७ विकेट लिए । रविचन्द्रन आश्विनले ३ विकेट लिए । न्युजिल्याण्डको पछिल्लो ७ विकेट सुन्दरले नै लिएका थिए ।

आजै पहिलो इनिङको सुरुवात गरेको भारतले पहिलो दिनको खेल सकिदा १ विकेट गुमाएर १६ रन जोडेको छ । क्रिजमा यशस्वी जैसवाल र शुभमन गिल रहेका छन् । त्यसअघि कप्तान रोहित शर्मा टिम साउथीबाट डग आउट भएका थिए ।

भारतविरुद्धको पहिलो टेस्ट न्युजिल्याण्डले जितेको थियो ।

October 24, 2024

राहुल लखनउमै रहने सम्भावना कम

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ देखि लखनउ सुपर जायन्ट्सका कप्तान रहेका केएल राहुललाई टोलीले रिटेन गर्ने सम्भावना कम देखिएको छ । यदि लखनउले रिटेन नगरेमा राहुल सन् २०२५ को सिजन अघि हुने मेगा अक्सनमा उपलब्ध हुनेछन् । लगातार दुई सिजन प्लेअफमा स्थान बनाएको लखनउ सन् २०२४ को आइपिएलमा सातौं स्थानमा रहेपछि राहुलको कप्तानीमा प्रश्न […]

October 24, 2024

साजिदको लय जारी रहँदा इङ्ग्ल्यान्ड कम रनमा नै समेटियो

एजेन्सी – तेस्रो तथा निर्णायक टेस्टमा साजिद खानले आफ्नो लयलाई जारी राख्दा इङ्ग्ल्यान्ड कम रनै समेटिएको छ । दोस्रो टेस्टमा ९ विकेट लिएका साजिदले तेस्रो टेस्टको पहिलो इनिङमा पनि सोहि लयलाई निरन्तरता दिदा भ्रमणकारी टोलीले पहिलो इनिङमा २ सय ६७ रन मात्र बनाउन सक्यो । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी […]

October 24, 2024

दक्षिण अफ्रिकी मार्चन्ट चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लांग पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजमा अनुबन्ध भएका छन् । चितवनले पहिलो विदेशी खेलाडीको रुपमा तीव्र गतिका बलर मार्चेन्टलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ । ३४ वर्षिय मार्चेन्टले हालसम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट २ टेस्ट, ४ ओडिआई तथा […]

Success

Thank you for your time.