6 months ago
October 24, 2024
एजेन्सी – जिम्बाब्वे क्रिकेट टोलीका कप्तान सिकन्दर राजाले भारतीय पुर्व कप्तान विराट कोहलीलाई पछि पारेका छन् ।
टि ट्वान्टी आईमा सर्वाधिक प्लेयर अफ द म्याच जित्ने कोहीलको कीर्तिमान राजाले तोडेका हुन् । यही वर्षको २९ जुनमा टि ट्वान्टी विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराए पश्चात टि ट्वान्टी आईबाट सन्यास लिएका कोहलीले उक्त खेलमा सहित १६ प्लेयर अफ द म्याच जितेका थिए ।
राजाले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप-क्षेत्रिय छनोटमा गाम्बियाविरुद्धको खेलमा प्लेयर अफ द म्याच पाउदै कोहलीको यो कीर्तिमान तोडेका हुन् । यो राजाको १७औं प्लेयर अफ द म्याच अवार्ड रहेको थियो ।
मलेसियाका विरनदिप सिंह र भारतका कप्तान सुर्यकुमार यादवले समान १६ पटक अवार्ड जित्दै राजालाई पछ्याइरहेका छन् ।
गाम्बियाविरुद्धको खेलमा जिम्बाब्वेले ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालले एकै इनिङमा बनाएको सर्वाधिक योगफलको कीर्तिमान तोडेको थियो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो ।
सन् २०२३ सेप्टेम्बर २७ मा नेपालले एसियाली खेलकुद मा मंगोलियाविरुद्ध कीर्तिमान बनाएको थियो । बुधवार जिम्बाब्वेले गाम्बियाविरुद्ध निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ३ सय ४४ रन बनाएको थियो ।
यस खेलमा नै जिम्बाब्वेले टि ट्वान्टी आईमा पहिलो शतक पाएको थियो । जिम्बाब्वेका कप्तान राजाले ४३ बलमा ७ चौका र १५ छक्काको सहयोगमा नट आउट १ सय ३३ रनको शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा जिम्बाब्वेका ३ खेलाडीले अर्धशतक प्रहार भएका थिए ।
April 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। राजस्थानले पहिलो दुई खेल हार्दै आइपिएलको सुरुवात गर्यो । त्यसपछि दुई खेल जित्यो । फेरि दुई खेल हारेर ६ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]