default_image

6 months ago

October 24, 2024

श्रीलंकालाई एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको सिरिज

339 views

0 Bookmark

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको ३ खेलको ओडिआई सिरिज एक खेल अगावै जितेको छ ।

बुधवार पाल्लीखेलेमा भएको दोस्रो ओडिआई खेल ५ विकेटले जित्दै घरेल टोलीले सिरिज जितेको हो । पहिलो ओडिआईमा घरेलु टोली ५ विकेटले नै विजयी भएको थियो ।

पाहुना टोलीले दिएको १ सय ९० रनको लक्ष्य घरेलु टोलीले ३८.२ ओभरमा पूरा गरेको थियो । घरेलु टोलीको जितमा कप्तान चरिथ असलंकाले ६१ बलमा सर्वाधिक ६२, सदिरा समराविक्रमा र ओपनर निशान मदुशकाले समा ३८ तथा कमिन्डु मेन्डिसले नट आउट ११ रन जोडे । पाहुना टोलीका लागि अल्जारी जोसेफले २ तथा गुणकेश मोटी र रोस्टन चेसले समान १ विकेट लिए ।

त्यसअघि वर्षाका कारण ४४ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको पाहुना टोली ३६ ओभरमा १ सय ८९ रन बनाउँदै अल आउट भएको थियो । टोलीका लागि शेरफन रादरफोर्डले ८२ बलमा सर्वाधिक ८०, गुणकेश मोटीले ६१ बलमा ५० तथा ओपनर ब्राण्डन किंगले १६ रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

घरेलु टोलीका लागि वानिन्दु हसरंगाले ४ तथा महेश तिक्सेना तथा आसिथा फर्नान्डोले समान ३ विकेट लिए । दुई देशबीचको तेस्रो ओडिआई खेल शनिवार हुनेछ । यसअघि वेस्ट इन्डिजविरुद्धकोे टि ट्वान्टी आई सिरिज पनि श्रीलंकाले जितेको थियो ।

April 16, 2025

दिल्ली र राजस्थान खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। राजस्थानले पहिलो दुई खेल हार्दै आइपिएलको सुरुवात गर्यो । त्यसपछि दुई खेल जित्यो । फेरि दुई खेल हारेर ६ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ […]

April 16, 2025

यू१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]

April 16, 2025

नेपाललाई हङकङको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]

Success

Thank you for your time.