6 months ago
October 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो ।
छनोट प्रतियोगिता कात्तिक १९ देखि कात्तिक २९ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहनेछ ।
नेपालले पहिलो खेल कात्तिक २१ गते थाइल्यान्डसॅंग र दोस्रो खेल कात्तिक २२ गते कुवेतसॅंग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
नेपाली टोली
सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी
April 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। राजस्थानले पहिलो दुई खेल हार्दै आइपिएलको सुरुवात गर्यो । त्यसपछि दुई खेल जित्यो । फेरि दुई खेल हारेर ६ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]