default_image

6 months ago

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

3501 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् ।

सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप गर्दा कुशलले १ अर्धशतक सहित सर्वाधिक १ सय ४२ रन बनाएका थिए ।

ब्याटिङ वरियतामा कप्तान रोहितकुमार पौडेल ४ स्थान सुधार गर्दै ५९औं तथा २ स्थान सुधार गर्दै आसिफ शेख ६९औं स्थानमा छन् ।

टि ट्वान्टी आईको बलिङ वरियता तर्फ भने दीपेन्द्रसिंह ऐरी भने ६२औं स्थानमा छन् । सोमपाल कामी ३ स्थान सुधार गर्दै ९२औं स्थानमा छन् । अलराउन्डर तर्फ भने दीपेन्द्रसिंह दोस्रो स्थानमा कायम छन् ।

April 16, 2025

दिल्ली र राजस्थान खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। राजस्थानले पहिलो दुई खेल हार्दै आइपिएलको सुरुवात गर्यो । त्यसपछि दुई खेल जित्यो । फेरि दुई खेल हारेर ६ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ […]

April 16, 2025

यू१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]

April 16, 2025

नेपाललाई हङकङको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]

Success

Thank you for your time.