4 months ago
October 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्यान्डका क्रिकेटर टम मुर्सले लुम्बिन लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
लुम्बिनीले पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर तथा बायाँ हाते ब्याटर मुर्सलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ ।
२८ वर्षिय मुर्सले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा भने मौका पाएका छैनन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट अनुभव नभएका एनपिएलमा आबद्ध हुने पहिलो खेलाडी हुन् । उनले १ सय ४७ टि ट्वान्टीमा २ हजार ३ सय ११ रन बनाएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले हालसम्म मुख्य प्रशिक्षकको नियुक्ती गरेको छैन ।
एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । मुर्स एनपिएलमा अनुबन्ध हुने सातौं विदेशी खेलाडी हुन् ।
यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डरसन फिलिप, कर्णाली याक्सले पाकिस्तानका हुसेन तलात, सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन तथा विराटनगर किंग्सले ओमानका कप्तान अकिब इल्यासलाई टोलीमा भित्र्याएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा लुम्बिनी लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।
लुम्बिनी लायन्स टिम
रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]