8 years ago
February 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा मंगलबारदेखि सुरु हुने अन्तर कलेज सुपर इन्डोर क्रिकेटमा १६ टोली ४ समुहमा विभाजन गरिएको छ ।
लिग कम नकआउटका आधारमा कोटेश्वरस्थित अल्टिमेट इन्डोर्स क्रिकेटमा हुने प्रतियोगितामा १६ टोली ४ समुहमा प्रतियोगितको अन्तिम ८ मा प्रवेश गर्न लिग चरणमा भिड्ने छन । लिग कम नकआउट प्रतियोगितामा लिग चरणका खेलहरु १२ ओभर र नकआउट १८ ओभरमा खेलाइने छ ।
प्रतियोगिताको प्लेयर अफ दी सिरिजले १० तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् ।
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्ड नेदरल्याण्ड्सविरुद्ध सस्तैमा समेटिएको छ । जारी खेलमा थाल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरको १ बल रहँदै अल आउट हुदै ८६ रनमा समेटियो । थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी कप्तान पूजा महतो यु १९ विश्व कपको टिम अफ द टुर्नामेन्टमा पर्न सफल भएकी छिन् । आइतवार सकिएको विश्व कपमा सहभागी खेलाडी मध्ये उत्कृष्ट १२ खेलाडीमा नेपालकी कप्तान पूजा परेकी हुन् । टोलीमा पर्ने एसोसिएट राष्ट्रको खेलाडीमा पूजा एक्ली हुन् । उनले विश्व कप ५ खेलमा २३.३३ को औसतमा […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो चौथो खेलमा नेदरल्याण्ड्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेदरल्याण्ड्सकी कप्तानले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा थाइल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । थाइल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्स तथा दोस्रो खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो । नेदरल्याण्ड्स भने तेस्राे खेलमा […]