default_image

4 hours ago

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

1876 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ ।

अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।

अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो । अमेरिकामा नै यही कार्तिक ९ बाट १९ गतेसम्म विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज आयोजना हुदैछ । सिरिजमा घरेलु टोली सहित नेपाल र स्कटल्यान्ड खेल्दै छन् ।

सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ ।

सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

नेपाली टोली

अनिलकुमार शाह, भीम सार्की, रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, करण केसी, रिजन ढकाल र सन्दीप लामिछाने

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

October 22, 2024

लुम्बिनी लायन्सले क्रिकेट प्रतिभा खोज्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपीएल) टोली फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले क्रिकेटमा‌ ट्यालेन्ट हन्ट गर्ने भएको छ। घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप ४ नयाँ प्रतिभाको खोजी गर्न लागिएको लुम्बिनी लायन्सले जनाएको छ। लुम्बिनीका छनोट भएका ४ खेलाडीबाट एक जनालाई‌ ‘सुपरस्टार’ को उपाधि दिइनेछ। सुपरस्टारले टोलीका लागि एनपिएल खेल्नेछन् भने १ लाख रुपैयाँ […]

Success

Thank you for your time.