default_image

4 hours ago

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

1647 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ ।

पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो ।

फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र ५ ओडिआई खेलेका छन् । २८ वर्षिय फिलिपले टि ट्वान्टी आईमा भने मौका पाएका छैनन् । टेस्ट खेलेको अनुभव भएको एनपिएलमा आबद्ध फिलिप हुने पहिलो क्रिकेटर हुन् ।

एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । फिलिप एनपिएलमा अनुबन्ध हुने छैटौं विदेशी खेलाडी हुन् । यसअघि पोखराले गौस र लिडे, कर्णाली याक्सले पाकिस्तानका हुसेन तलात, सुदूरपश्चिम राेयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन तथा विराटनगर किंग्सले ओमानका कप्तान अकिब ईल्यासलाई टोलीमा भित्र्याएका थिए ।

असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा पोखरा लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए । फिलिपलाई वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेलेको अनुभव छ । कुशल भुर्तेल पोखराका मार्की खेलाडी रहेका छन् ।

पोखरा एभेन्जर्स टिम

कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस, बास डि लिडे र एन्डरसन फिलिप ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

October 22, 2024

लुम्बिनी लायन्सले क्रिकेट प्रतिभा खोज्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपीएल) टोली फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले क्रिकेटमा‌ ट्यालेन्ट हन्ट गर्ने भएको छ। घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप ४ नयाँ प्रतिभाको खोजी गर्न लागिएको लुम्बिनी लायन्सले जनाएको छ। लुम्बिनीका छनोट भएका ४ खेलाडीबाट एक जनालाई‌ ‘सुपरस्टार’ को उपाधि दिइनेछ। सुपरस्टारले टोलीका लागि एनपिएल खेल्नेछन् भने १ लाख रुपैयाँ […]

Success

Thank you for your time.