default_image

4 hours ago

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

1360 views

0 Bookmark

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो ।

अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को संस्करणको टि२० विश्वकपमा पनि स्थान पक्का गरिसकेको छ । तर यसपटक टी-२० सिरिजभर अमेरिकाको केही लागेन ।

नेपालले अमेरिकालाई पहिलो खेलमा १७ रन, दोस्रो खेलमा सुपर ओभर र तेस्रो खेलमा ८ विकेटले हराउँदै ठूलो राहतको साहस लियो । किनभने पछिल्लो ६ महिनामा नेपालले कमजोर ब्याटिङ यतिसम्म थियो की ११ खेलमा जितमा जितविहीन बनेको थियो । उक्त जितविहीन यात्रा त्रिकोणात्मक टी-२० आई सिरिजमा सेप्टेम्बर २९ मा ओमानलाई ३७ रनले हराउँदै ब्रेक लागेको थियो ।

त्यसअघि आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका र बंगलादेशलाई हराउने गोल्डेन अवसर खेर फालेको थियो । आईसीसी विश्वकप लिग-२ सिरिज क्यानडामा चार मध्य तीन खेलमा हार र एक खेलमा अंक बाँडेको थियो । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा क्यानडासँग दुबै खेलमा हार बेहोरेको थियो ।

पछिल्लो समय खराब प्रदर्शनको मुख्य कारण विदेशी भूमिमा निरन्तर खेल थियो । घरेलु मैदान टीयुमा पछिल्लो तीन वर्षमा प्राय सबै प्रतियोगितामा राम्रो गरेको छ । विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग १ सय ६ रनमा अल आउट भएको थियो । यसपटक डालसमा मौसम नेपालको जस्तै छ । र समर्थकले पनि राम्रो साथ दिएका छन् ।

कप्तान रोहित पौडेल वातावारण उस्तै हुँदा राम्रो प्रदर्शन भएको स्वीकार्छन् । ‘क्यानडामा ब्याटिङका लागि त्यति सहज कन्डिसन थिएन । ग्राण्ड पेरीमा ब्याटिङ गर्न राम्रो पिच हुँदा सबै रमाएका छन्’,रोहितले भने ।

कप्तान रोहित पौडेल ब्याटिङ गर्दै ।

‘समर्थक आउँदा एकदमै सहयोग मिल्छ । विकेट लिँदा थप उर्जा आउँछ । त्यो हाम्रो लागी अतिरिक्त फाइदा हो । यहाँ फेमिलियर कन्डिसन छ भन्न सकिन्छ ।’

रोहितका अनुसार एक हप्तामा टोलीमा आमुल परिवर्तन हुँदैन । मात्रै जितको भोकको यो प्रदर्शन सम्भव भएको हो ।

‘हप्ता वा १० दिनमा टोलीमा परिवर्तन केही हुँदैन । तर जितको हंगर (भोक) बढेको थियो । क्यानडामा सोचेजस्तो नतिजा आएको थिएन । सबैजना जितको भोकका साथ अमेरिका आएका थिए । त्यसैले यति राम्रो गर्न सकेका छौं’, रोहितले भने ।

गत अप्रिलमा अल अमरेतमा कतारविरुद्ध २ सय १० रन बनाएपछि टी-२० मा नेपालले खासै राम्रो ब्याटिङ गर्न सकेको थिएन । उक्त प्रतियोगितमा यूएईविरुद्ध १ सय १९ रन बनाउँदै ६ विकेटको हारको साथ एसिया कप खेल्ने अवसर गुमाएको थियो । त्यति मात्रै होइन हङकङसँग पनि पराजित हुँदै एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर गुमाएको थियो ।

मे मा वेस्टइण्डिज ए विरुद्ध टीयु क्रिकेट मैदानमा नेपालले राम्रो प्रदर्शन गरेको थियो । त्यसपछि नेपाली ब्याटर लगातार फ्लप देखिए । विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध १ सय १६ र बंगलादेशविरुद्ध १ सय ७ रन बनाउन सकेको थिएन ।

तीव्र गतिका बलर सोमपाल कामी अहिले डालसको मौसम नेपालजस्तै भएको बताउँछन् । ‘मौसम नेपालजस्तो र समर्थक पनि उपस्थित हुँदा एकदमै फाइदा भएकोछ । क्यानडामा फरक अवस्था थियो । यहाँ नेपाल जस्तै छ । एकदमै खुसी लागेको छ’, सोमपालले भने ।

सोमपाल कामी विकेटका लागि अपिल गर्दै ।

टीयु ब्याटिङ सहयोगी पिच हो । बलरलाई खासै सहयोग मिल्दैन । त्यसैले बाउन्स, टर्न र स्वलो पिचमा नेपाली ब्याटर लगातार कमजोर देखिन्छन् । तर ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी छ । त्यसैले नेपाली सबै ब्याटरले लयमा देखिएका छन् ।

‘पक्कैपनि हाम्रो क्षमता एकदमै राम्रो छ । तर कहिलेकाहीँ कन्डिसन मिल्दैन । तर यहाँको विकेट धेरै राम्रो छ । राम्रो विकेटमा नेपाली ब्याटरले राम्रो गर्दछन्’, सोमपालले भने ।

क्यानडाविरुद्ध पहिलो खेलमा हारपछि गत सेप्टेम्बर १६ मा कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई लिग-२ मा प्लेइङ-११ बाट बाहिर नै गरेको थियो । पहिलो खेलमा अमेरिकालाई हराउँद दीपेन्द्रले अलराउन्ड प्रदर्शन गर्दै २८ रन बनाउनुको साथै ३ विकेट लिए ।

दोस्रो खेलमा कुशल भुर्तेलले ५४ बलमा ९२ रनको अविजित इनिङ खेले । तेस्रो खेलमा मौका पाएका कुशल मल्लले ३० बलमा ४४ रनको अविजित इनिङ खेलेका थिए ।

कुशल भुर्तेल टिमबाट बाहिर हुँदै टी-२० आईमा फर्कंदा ओपनरबाट फिनिसरमा पुगे । तर पनि प्रदर्शन राम्रो हुन सकेन । अमेरिका भ्रमणमा तेस्रो नम्बरमा ब्याटिङ गर्दै उनले १०, ९२ र ४० रन बनाए । उनको टी-२० आईमा १५ इनिङपछि अर्धशतक प्रहार गरेका थिए ।

कुशल भुर्तेल अर्धशतक प्रहार गरेपछि ।

खराब प्रदर्शनमा निरन्तर भूमिका परिवर्तन गरेर उनलाई मौका दिँदा कप्तान र प्रशिक्षकले निरन्तर आलोचना खेप्नु पर्यो ।

‘उनलाई निरन्तर मौका दिनु कठिन निर्णय थियो । म्याच विनर उनले पछिल्लो २-३ वर्षदेखि खेल जिताउँदै आएका थिए । खराब लय सबैको आउँछ । त्यसमा टिमले ब्याक गर्न(साथ दिन) आवश्यक हुन्छ’, कप्तान रोहितले भने ।

नेपालले राम्रो गर्नुमा ब्याटिङ प्रशिक्षक नन्दन फड्नीस र मेन्टर पुबुदु दसानायेको पनि राम्रो हात देखिन्छ । रोहित पनि उक्त कुरा स्वीकार गर्दछन् ।

‘मोन्टी सरले सबै १७ जनालाई हेर्न एकदमै गाह्रो पर्छ । जुन हिसाबले नन्दन र पुबुदु सरले सहयोग गर्दा राम्रो भएको छ । पुबुदु सरको एसोसिएट क्रिकेटमा धेरै ज्ञान छ । नन्दन सरको डाटा एकदमै राम्रो छ । विपक्षीले के गर्न सक्छ र हामी कसरी राम्रो गर्न सक्छौं त्यो कुरामा नन्दन सर एकदमै राम्रो हुनुन्छ । राम्रो प्रदर्शनमा उहाँहरुको भूमिका निकै महत्त्वपूर्ण छ’, उनले भने ।

रोहित कप्तान बनेपछि सम्भव त समर्थकले धेरै आलोचना गरेको भ्रमण क्यानडा नै थियो । किनभने आफू भन्दा तुलनात्मक रुपमा कमजोर क्यानडा र ओमानविरुद्ध अपेक्षा भन्दा निकै कमजोर प्रदर्शन गर्यो ।

‘म सोसल मिडियाबाट अली टाढा छु । त्यसैले मैले त्यो आलोचना देखिन । तर के गर्नुपर्छ मलाई थाहा थियो । किनभने सोचे जस्तो नतिजा आएन । क्यानडा सबै प्रदर्शन बिर्सेर अमेरिकामा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भनेर टोलीसँग कुराकानी भएको थियो । क्रिकेटमा कुनैपनि बल खेल्नु अगाडि अर्को बल निकै महत्वपूर्ण हुन्छ’, उनले भने ।

अब नेपालले लिग-२ मा २८ खेल खेल्न बाँकी छ । शीर्ष चारमा रहँदै सोझै विश्वकप छनोटमा पुग्न यस सिरिजमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । सुरुवाती कमजोर सुरुवातले नेपाललाई कठिन हुने देखिन्छ । क्रिकेटमा विपक्षीले च्यालेन्ज गर्दा र बलियो टोलीविरुद्ध खेल्न छुट्टै मज्जा आउने रोहित बताउँछन् ।

नेपाली समर्थकसँग खुसी साट्दै सोमपाल र रोहित ।

नेपालले सन् २०२७ सम्म लिग-२ मा शीर्ष स्थानमा रहँदै नम्वर वान एसोसिएट बन्ने लक्ष्य राखेको छ । तर सुरुवाती ८ मा ६ खेलमा पराजित भएको छ । यसकारण अब बाँकी सबै खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।

‘अझैपनि पुनरागमनको सम्भावना छ । सुरुवातको २ सिरिज सोचेजस्तो भएन । तर एक पटक मोमेन्टम पाएपछि हामी के गर्न सक्छौं थाहा र विश्वास छ । यस सिरिजमा सबैले स्टेपअप गरेका छन् । भर्खर ८ खेल भएको छ । बाँकी २८ खेल हुँदा जे पनि हुनसक्छ’, उनले भने ।

साविक च्याम्पियन स्कटल्यान्ड ७ खेलमा ९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ३ अंकका साथ सातौं स्थानमा छ । अमेरिका ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपालले अमेरिका भ्रमणमा राम्रो सुरुवात गरेको छ । तर मुख्य उद्देश्य र चुनौती भने आईसीसी विश्वकप लिग २ मा अमेरिका र स्कटल्यान्डविरुद्धको प्रदर्शन हो । नेपालले लक्ष्य भने पहिलो खेलमा कसरी राम्रो गर्ने भन्नेमा केन्द्रित छ ।

तस्वीरहरु : दीपेन्द्र पोखरेल र राकेश साहानी / हाम्रो खेलकुद

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

लुम्बिनी लायन्सले क्रिकेट प्रतिभा खोज्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपीएल) टोली फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले क्रिकेटमा‌ ट्यालेन्ट हन्ट गर्ने भएको छ। घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप ४ नयाँ प्रतिभाको खोजी गर्न लागिएको लुम्बिनी लायन्सले जनाएको छ। लुम्बिनीका छनोट भएका ४ खेलाडीबाट एक जनालाई‌ ‘सुपरस्टार’ को उपाधि दिइनेछ। सुपरस्टारले टोलीका लागि एनपिएल खेल्नेछन् भने १ लाख रुपैयाँ […]

Success

Thank you for your time.