default_image

4 months ago

October 22, 2024

विलियम्सनले भारतसँगको दोस्रो टेस्ट पनि गुमाउने

752 views

0 Bookmark

एजेन्सी – न्युजिल्याण्डका पूर्व कप्तान केन विलियम्सनले भारतविरुद्धको दोस्रो पनि टेस्ट गुमाउने भएका छन् ।

३ टेस्टको सिरिजका लागि न्युजिल्याण्डको टोली भारत भ्रमणमा छ । पहिलो टेस्ट पाहुना टोलीले ८ विकेटले जित्दै सिरिजमा १-० काे अग्रता लिएको छ ।

गत महिना श्रीलंका भ्रमणका क्रममा घाइते भएका विलियम्सन भारतसँगको खेलमा टोलीमा रहेपनि न्युजिल्यान्डको टोलीसँग भारत गएनन् ।

आफ्नो रिह्याबिलिटेशनलाई निरन्तरता दिन उनी स्वदेशमै छन् । विलियम्सनको अनुपस्थितिमा विल योङले तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । बेंग्लोरमा भएको पहिलो टेस्टमा उनले पहिलो इनिङमा ३३ र दोस्रो इनिङमा अविजित ४८ रन बनाए ।

‘हामी केनलाई नियालिरहेका छौं र उनी सुधारान्मुख छन्, तर उनी शतप्रतिशत फिट छैनन् । हामी आशावादी छौं कि आगामी दिनमा थप सुधार हुनेछ र उनी तेस्रो टेस्टका लागि उपलब्ध हुनेछन् । हामी उनलाई तयार पार्न सकेसम्म धेरै समय दिनेछौं,’ न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले भने ।

पहिलो इनिङमा शतक र लक्ष्य पछ्याउने क्रममा अविजित ३९ रन बनाएका रचिन रविन्द्र प्लेयर अफ द म्याच घोषित भएका थिए । बलिङतर्फ म्याट हेनरीले आठ तथा विल ओरोर्केले ७ विकेट लिएका ।

घरेलु टोलीविरुद्धको दोस्रो टेस्ट खेल बिहीवार पुनेमा सुरु हुनेछ । न्युजिल्याण्ड टोली सोमवार साँझ पुने पुगेको छ ।

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

February 28, 2025

सेमिफाइनल प्रवेशका लागि अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]

Success

Thank you for your time.