5 months ago
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेलमा नेपाली ओपनर आसिफ शेख प्लेयर अफ द म्याच भएका छन् ।
डालसस्थित ग्राण्ड प्रेरीमा सोमवार भएको खेलमा अमेरिकाविरुद्ध अर्धशतक बनाएका आसिफ प्लेयर अफ द म्याच भएका हुन् । आसिफले ३७ बलमा आफ्नो करियरको छैठौं अर्धशतक पूरा गरेका थिए ।
आसिफले आफ्नो टि ट्वान्टी करियरमा तेस्रो पटक प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । यसअघि आसिफले सन् २०२२ मा मलेसियाविरुद्ध पहिलो तथा २०२३ मा युएईविरुद्ध दोस्रो पटक प्लेयर अफ द म्याच जितेका थिए ।
अमेरिकाविरुद्धको ३ वटा टि ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको हो । तेस्रो टि ट्वान्टीमा ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो ।
यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो । नेपालले १ सय ५७ रनको मध्यम लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]