5 months ago
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेलमा राम्रो बलिङ सुरुवात गरेको छ ।
एक खेल अगावै टि ट्वान्टी सिरिज जितेको नेपालले पावर प्लेको समाप्ताीमा २ विकेट लिएर ३८ रन खर्चिएको छ । अमेरिकाका कप्तान मोनांक पटेल सोमपाल कामीको बलमा एलबिडब्लु धरापमा पर्दा आन्द्रेस गौस रिजन ढकालको बलमा आउट भए ।
अमेरिकाका लागि आरोन जोन्स तथा साइतेज मुककामल्ला क्रिजमा रहेका छन् । कुशल मल्ल र ललित राजवंशी टिममा फर्किदा अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टीमा टस हारेर नेपालले बलिङको निम्ता पाएको छ ।
डालसको ग्राण्ड प्रेरीमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो । नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । आइतवार अमेरिकाविरुद्ध खेलेका करण केसी तथा सागर ढकाल बेन्चमा रहँदा कुशल मल्ल र ललित राजवंशीले मौका पाएका छन् ।
नेपालको प्लेईङ११
आरिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, रोहित पौडेल, गुलशन झा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, रिजन ढकाल र ललित राजवंशी
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]