1 month ago
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा जारी टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि जितेको छ ।
आइतवार बिहान भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २-० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टि२० सिरिज चौथो पटक जितेको हो । यसअघि नेपालले मलेसिया, युएई र केन्यालाई सिरिजमा पराजित गरेको थियो ।
डालसस्थित ग्राण्ड प्रेरीमा १ सय ७१ रनको लक्ष्य अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक पर्दा सोमपालले ६ रन मात्र खर्चेका थिए । अन्तिम बलमा २ रन आवश्यक पर्दा अमेरिकाले दोस्रो रन लिने क्रममा रनआउटमा विकेट गुमाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा अमेरिका पहिले ब्याटिङमा आएको थियो । अमेरिकाका आन्द्रेस गौस र सायन जाहान्गिर ब्याटिङमा आएका थिए । नेपालको तर्फबाट बलिङको जिम्मेवारी सोमपाल पाएका थिए । सुपर ओभरको पहिलो र दोस्रो बलमा समान १ रन लिएको अमेरिकाकाले त्यसपछि लगातार २ विकेट गुमायो । तेस्रो बलमा जाहान्गिर बोल्ड भए र चौथो बलमा आरोन जोन्स क्याच आउट भए ।
सुपर ओभरमा ३ रनको सामान्य लक्ष्य साथ नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए । अमेरिकाका लागि सौरभ नेत्राभाल्कर बलिङ गरेका थिए ।
पहिलो बलमा रोहितले १ रन लिएका थिए । दोस्रो बलमा कुशलले १ रन जोडेका थिए । तेस्रो रोहितले रन जोडेनन् । चौथो बलमा रोहितले १ रन लिएपछि नेपालले खेल मात्र नभई सिरिज नै जितेको थियो ।
त्यसअघि लक्ष्य पछ्याउने क्रममा अमेरिकाका लागि आन्द्रेस गौसले ४३ बलमा ६२ रनको अर्धशतकीय इनिङ खेले । खेल जिताउन ३ रन मात्र आवश्यक रहेको अवस्थामा लामो सट खेल्दै खेल समाप्त गर्ने चक्करमा उनी सोमपालको बलमा बाउन्ड्रि नजिकै कुशलबाट समातिएका थिए।
दोस्रो विकेटका लागि गौस र साई तेजा मुककामल्लाबीचको शतकीय साझेदारी भएको थियो । यो शतकीय साझेदारी नेपाली बलर दीपेन्द्र सिंह ऐरीले तोडेका थिए ।
दीपेन्द्रले ४१ बलमा ४७ रन बनाएका मुककामल्लालाई आउटसँगै साझेदारी तोडिएको थियो । उनीहरुबीचमा दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी भएको थियो । मुककामल्ला ४१ बलमा ४७ रन बनाउदै बाउन्ड्रिमा कुशलबाट क्याच भएका थिए।
मिलान्ड कुमार ११ बलमा १५ रन बनाउँदै करण केसीको बलमा आउट भए । जाहान्गिर १४ रन बनाउँदै सागर ढकालको बलमा आउट भए ।
नेपालका लागि करणले ३, सोमपालले २ तथा सागर र दीपेन्द्रले समान १ विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो । नेपालका लागि कुशलले ५४ बलमा नट आउट रहँदै सर्वाधिक ९२ रन बनाएका थिए। उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।
कुशलले आफ्नो नवौं टि ट्वान्टी अर्धशतक ३३ बलमा पूरा गरेका थिए । कुशलले सन् २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलो पटक टि ट्वान्टी आईमा अर्धशतक प्रहार गरेका हुन् । कुशलले यसअघि नेदरल्यान्ड्सविरुद्ध ३ तथा मलेसिया, सिंगापुर, ओमान र युएईसँग समान १ अर्धशतक प्रहार गरेका थिए ।
ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउँदै नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भएका थिए । अनिलले २ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झा १२ बलमा १९ रन बनाउँदै नोस्तुश केन्जिकेको बलमा कप्तान मोनांक पटेलबाट समातिएका थिए।
कप्तान रोहित १४ बलमा १८ रन बनाउँदै अमेरिकाका कप्तान पटेलबाट समातिएका थिए । करण १ बलमा ६ रन बनाउँदै नट आउट रहेका थिए ।
अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए । तेस्रो तथा अन्तिम टि ट्वान्टी आई सोमवार बिहान हुनेछ ।
November 25, 2024
एजेन्सी – वैभव सुर्यवंशी इण्डियन प्रिमियर लिग(आइपिएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन् । जारी २०२५ को आइपिएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन् । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली […]
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहिन विश्व कपमा नेपालले अफगानिस्तान टोलीलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । सोमवार भएको तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन […]
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टिकट दर तय गरेको छ। क्यानले एनपिएलका खेल हेर्नका लागि साधारण र भिआइपी गरि दुई किसिमको टिकट दर सोमवार सार्वजनिक गरेको हो । एनपिएलको उद्घाटन खेलमा साधारण तर्फ ३ सय तथा भिआइपि तर्फ ७ सय रुपैयाँको टिकट दर तोकेको […]