4 months ago
October 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकामा जारी रहेको नेपाल र घरेलु टोलीबीचको टि ट्वान्टी सिरिजमा नेपाली बलर दीपेन्द्र सिंह ऐरीले शतकीय साझेदारी तोडेका छन् ।
आन्द्रेस गौस र साई तेजा मुककामल्लाबीचको शतकीय साझेदारी तोडेका हुन् । अमेरिकाले दोस्रो विकेटका रुपमा मुककामल्लालाई दीपेन्द्रले आउट गराए । उनीहरुबीचमा दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी भएको थियो ।
मुककामल्ला ४१ बलमा ४७ रन बनाउदै बाउन्ड्रिमा कुशल मल्लबाट क्याच भए । अमेरिकाले अहिले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर १ सय ४ रन बनाएका छ । क्रिजमा अहिले आन्द्रेस गौस र आरोन जोन्स रहेका छन् ।
त्यसअघि नेपालका लागि कुशल भुर्तेलले नटआउट ९२ रन जोड्दै नेपालले घरेलु टोलीलाई १ सय ७१ रनको लक्ष्य दिएको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]