default_image

4 months ago

October 20, 2024

नेपालका दुवै ओपनर आउट

73 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको दोस्रो टि ट्वान्टी सिरिजमा नेपालका दुवै ओपनर आउट भएका छन् । ३ खेलको टि ट्वान्टी सिरिज को दोस्रो खेलमा नेपालले आफ्ना दुवै ओपनर आसिफ शेख र अनिलकुमार शाहलाई गुमाएको हो ।

पहिलो विकेटका रुपमा नेपालले आसिफ शेखलाई गुमाएको थियो र शेख ४ बलमा १ रन बनाउदै सौरभ नेत्राभाल्करको बलमा एलबिडब्लु आउट भए । शेख तेस्रो ओभरको चौथो बलमा आउट भएका थिए ।

दोस्रो विकेटका रुपमा अर्का ओपनर अनिल शाह ३१ बलमा २५ रन बनाउदै नोस्तुस केन्जिकेद्वारा कट एण्ड बोल्ड भए । शाह दशौं ओभरको चौथो बलमा आउट भए ।

नेपाल अहिले ११ ओभरको समाप्तीमा २ विकेट गुमाउदै ६८ रन बनाएर खेलिरहेको छ । क्रिजमा कुशल भुर्तेल ३४ रन बनाएर खेलिरहेकोमा उनलाई साथ दिन गुलशन झा आएका छन् ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.