4 months ago
October 19, 2024
एजेन्सी – सरफराज खानको शतकका बाबजुद घरेलु टोली भारतले पाहुना टोली न्युजिल्यान्डलाई सामान्य लक्ष्य दिएको छ ।
भारतले पहिलो टेस्ट जितका लागि पाहुना टोलीलाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको हो । घरेलु टोली पहिलो ईनिङमा ३ सय ५६ रनले पछि परेको थियो । दोस्रो इनिङमा घरेलु टोलीले ४ सय ६२ रन मात्र जोड्न सके पछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको हो ।
सुरुवात राम्रो गरेको भारतका लागि मध्यक्रमका ब्याटर चल्न सकेनन् । घरेलु टोलीले ४ सय ८ रनमा ३ विकेट गुमाएको अवस्थाबाट ५४ रन जोड्दा बाँकी ७ विकेट गुमायो ।
घरेलु टोलीका लागि सरफराजले १ सय ५०, ऋषभ पन्तले ९९, विराट कोहलीले ७० तथा कप्तान रोहित शर्माले ५२ रन जोडे । पाहुना टोलीका लागि रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोलीले पहिलो इनिङमा फराकिलो अग्रता कायम गरेको थियो ।
३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय ५६ रनको अग्रता लिएको थियो । पहिलो इनिङमा पाहुना टोलीका लागि म्याट हेनरी र विलियम ओरोर्कले समान ३, अजाज पटेलले २ तथा टिम साउथी र ग्लेन फिलिप्सले समान १ विकेट लिए ।
त्यसअघि वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो इनिङमा ४६ रनमा समेटियो ।
घरेलु टोलीका लागि विकेट किपर ब्याटर ऋषभ पन्तले सर्वाधिक २० तथा ओपनर यशस्वी जैसवालले १३ रन जोडे । मोहम्मद सिराज ४ रनमा नट आउट रहे । भारतका लागि २ ब्याटर बाहेक अन्यले दोहोरो अंक रन जोड्न नसक्दा ४ खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।
भारतको टेस्ट इतिहासमा कुनै पनि इनिङमा बनेको यो तेस्रो कम योगफल हो । पहिलो इनिङमा भारतले बनाएको यो सबैभन्दा कमको योगफल हो । भ्रमणकारी टोलीका लागि म्याट हेनरी १३.२ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । विलियम ओरोर्कले ४ तथा टिम साउथीले १ विकेट लिए ।
दोस्रो इनिङमा पाहुना टोलीले ४ सय २ रन बनाउँदै ३ सय ५६ रनको अग्रता लिएको थियो । टोलीका लागि रचिन रविन्द्रले १ सय ३४ रनको शतकीय इनिङ खेल्दा ओपनर डेभन कन्वेले सर्वाधिक ९१, टिम साउथीले ६५, विल योंगले २९ तथा कप्तान टम लाथमले १५ रन जोडेका थिए ।
घरेलु टोलीका लागि रविन्द्र जडेजा र कुलदिप यादवले समान ३, मोहम्मद सिराजले २ तथा जसप्रित बुमराह र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]