4 months ago
October 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्यान्डका विष्फोटक ब्याटर जर्ज मुन्सेले अमेरिकामा हुने त्रिदेशीय ओडिआई सिरिज गुमाउने भएका छन् ।
स्कटल्यान्ड क्रिकेट बोर्डले शुक्रवार मुन्सेले सिरिज गुमाउने जानकारी गराएको हो । अमेरिकामा नेपाल, घरेलु टोली र स्कटल्यान्डबीच विश्व कप लिग टु अन्तर्गतको त्रिदेशीय ओडिआई सिरिज हुँदैछ । ओडिआई सिरिज कार्तिक ९ देखि १९ गतेसम्म खेलिनेछ ।
मुन्सेले ५९ ओडिआई खेलमा १ हजार ८ सय ९५ रन बनाएका छन् । मुन्सेले नेपालविरुद्धको ५ ओडिआई खेलमा १ सय २४ को स्ट्राईक रेटमा १ सय २६ रन बनाएका छन् ।
स्कटल्यान्ड क्रिकेट बोर्डले मुन्सेको स्थानमा माइकल इङ्ग्लिसलाई टोलीमा समेटेको छ । माइकलले १ ओडिआई मात्र खेलेका छन् । नामिबियाविरुद्धको ओडिआई डेब्यु खेलमा नै माइकलले शतक प्रहार गरेका थिए ।
सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ ।
सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]