4 months ago
October 18, 2024
एजेन्सी – वेस्ट इन्डिजलाई सेमिफाइनलमा पराजित गर्दै न्युजिल्यान्ड युएईमा जारी टि ट्वान्टी महिला विश्व कपको फाइनल प्रवेश गरेको छ ।
तेस्रो पटक फाइनलमा पुग्नका लागि न्युजिल्यान्डले शुक्रवार दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिजलाई ८ रनले हरायो। यसअघि, न्युजिल्यान्डले सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा फाइनलमा पुगेको थियो ।
सारजहामा १ सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन मात्र जोड्न सक्यो । वेस्ट इन्डिजका लागि दिरेन्द्र डटइनले २२ बलमा सर्वाधिक ३३ तथा अफा फ्लेचरले १५ बलमा १७ रन जोडे । कप्तान हेलि म्याथ्युजले २१ बलमा १५ तथा जाइदा जेम्सले ८ बलमा १४ रन बनाइन् ।
न्युजिल्यान्डका लागि इडन कारसनले ३, अमिली केरले २ तथा फ्रान जोन्स, लि तहुहु र सुजि बेट्सले समान १ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।
न्युजिल्यान्डकी जि बट्सले २८ बलमा २६, जर्जिअ प्लामिरले ३१ बलमा ३४ तथा इसाबेल ग्रीनले २० रन बनाइन् । वेस्ट इन्डिजकी दिरेन्द्र डटइनले ४, अफा फ्लेचरल २ विकेट लिइन् ।
न्युजिल्यान्डले आइतवार उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ। दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा बिहीवार साबिक विजेता अस्ट्रेलियालाई पराजित गरेको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]