4 months ago
October 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेश श्रेष्ठ मेमोरियल वाई वाई यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार जारी गरेको खेल तालिकामा कात्तिक १० देखि कात्तिक २० सम्म विराटनगरमा हुनेछ ।
प्रतियोगितामा ७ प्रदेशको टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा कोशी, मधेश, बागमती प्रदेश, गन्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने छ । सहभागी टोलीबीच सिंगल राउन्ड रोविन लिगका आधारमा हुनेछ । लिग चरणमा शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।
प्रतियोगिताबाट एसिसी यु१९ एसिया कप र आगामी अप्रिलमा नेपालमा हुने यु १९ विश्व कपको एसिया छनोट खेल्ने टोलीको चयन हुनेछ ।
खेल तालिका
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]