4 months ago
October 18, 2024
एजेन्सी – घरेलु टोली पाकिस्तानले इङ्ग्ल्यान्डलाई दोस्रो दोस्रो टेस्टमा पराजित गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा शुक्रवार सकिएको दोस्रो टेस्ट घरेलु टोलीले १ सय ५२ रनको अन्तरले जितेको हो ।
पहिलो टेस्टमा इङ्ग्ल्यान्डले १ इनिङ र ४७ रनले जितेको थियो । दोस्रो खेलको नतिजापछि ३ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ ।
२ सय ९७ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १ सय ४४ रन मात्र जोड्न सक्यो । पाहुना टोलीका लागि कप्तान बेन स्टोक्सले ३६ बलमा सर्वाधिक ३७, ब्रायडन कार्सले २७, ओलि पोपले २२ तथा जो रुटले १८ रन जोडे । घरेलु टोलीका लागि नुमान अलिले १६.३ ओभरमा ४६ रन खर्चिएर ८ विकेट लिए । साजिद खानले २ विकेट लिए ।
बेन डुकेटको शतकका बाबजुद पाहुना टोलीले पहिलो इनिङमा २ सय ९१ रन मात्र जोड्न सक्यो ।
टोलीका लागि डुकेटले १ सय २९ बलमा १ सय १४, जो रुटले ३४, ओली पोपले २९, ज्याक क्रलीले २७ तथा ज्याक लिचले नट आउट २५ रन बनाए । पाकिस्तानका लागि साजिद खानले २६.२ ओभरमा १ सय ११ रन खर्चिएर ७ विकेट लिए । नोमान अलिले ३ विकेट लिए । पहिलो इनिङमा इङ्ग्ल्यान्ड ७५ रनले पछि परेको थियो ।
दोस्रो इनिङमा पाकिस्तानले २ सय २१ रन मात्र जोड्न सक्यो । टोलीका लागि सलमान आगाले सर्वाधिक ६३, साउद सकिलले ३१, कमरान गुलामले २६, सइम अबयु र साजिद खानले समान २२ तथा कप्तान शान मक्सुदले ११ रन जोडेका थिए ।
भ्रमणकारी टोलीका लागि शोयब बसिरले ४, ज्याक लिचले ३ तथा म्याथ्यु पोटले १ विकेट लिए । घरेलु टोलीले दोस्रो इनिङमा २ सय ९६ रनको अग्रता लिएको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले कमरान गुलामले डेब्यु खेलमा नै शतक प्रहार गरेपछि ३ सय ६६ रन बनाएको थियो ।
दुई देशबीचको तेस्रो टेस्ट बिहीवारबाट रावलपिन्डीमा सुरु हुनेछ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]