4 months ago
October 18, 2024
एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ ।
श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो ।
पाहुना टोलीले दिएको १ सय ६३ रनको लक्ष्य घरेलु टोलीले १८ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीको जितमा कुशल परेरा र कुशल मेन्डिसले अर्धशतकीय ईनिङ खेले । मेन्डिसले ५० बलमा ५ चौका र ३ छक्काको सहयोगमा नट आउट ६८ तथा परेराले ३६ बलमा ७ चौकाको सहयोगमा ५५ रन जोडे ।
ओपनर पथुम निसंकाले २२ बलमा ३९ रन जोडे । पाहुना टोलीका लागि गुणकेश मोटीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । पाहुना टोलीका लागि कप्तान रोभमेन पावेलले २७ बलमा ३७, गुणकेश मोटीले १५ बलमा ३२, ओपनर ब्रान्डन किंगले १९ बलमा २३ तथा रोमारियो शेफर्ड र शाई होपले समान १८ रन जोडेका थिए ।
घरेलु टोलीका लागि महेश तिक्सेना र वानिन्दु हसरंगाले समान २, नुवान तुषारा, कमिन्डु मेन्डिस, चरिथ असलंका र मथिशा पथिरानाले समान १ विकेट लिए । पहिलो खेलमा हार बेहोरेको घरेलु टोलीले त्यसपछिका दुवै खेल जित्दै सिरिज जितेको हो ।
दुई टोलीबीच आइतवारबाट तीन खेलको ओडिआई सिरिज हुनेछ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]