4 months ago
October 18, 2024
एजेन्सी – साविक विजेता अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका युएईमा जारी महिला टि ट्वान्टी विश्व कपको फाइनलमा प्रवेश गरेको छ ।
दुबईमा बिहीवार भएको सेमिफाइनलमा ८ विकेटले विजयी हुँदै दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनल पुगेको हो।
१ सय ३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि अनेका बोसले ४८ बलमा ८ चौका र १ छक्काको सहयोगमा नट आउट ७४ तथा कप्तान लाहिरुले ३७ बलमा ४२ रन जोडिन् । अस्ट्रेलियाका लागि अनाबेल सुदरल्यान्डले २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ३४ रनको योगफल तयार गर्यो । अस्ट्रेलियाका लागि बेथ मुन्नीले ४२ बलमा ४४ तथा कप्तान ताहिल म्याग्रेथले ३३ बलमा २७ रन बनाइन् । दक्षिण अफ्रिका लागि अयाबोन्गा खाकाले २ विकेट लिईन् ।
६ पटकको च्याम्पियन अस्ट्रेलिया दोस्रो पटक फाइनल पुग्न चुकेको छ । पहिलो संस्करणको विश्व कप २००९ मा समेत अस्ट्रेलिया फाइनल पुगेको थिएन । दक्षिण अफ्रिकाले आइतवार हुने फाइनलमा आज हुने वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]