default_image

4 months ago

October 17, 2024

पुबुदु नेपाली क्रिकेट टोलीको मेन्टरमा नियुक्त

2089 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदु दासानायकेलाई नेपाली क्रिकेट टोलीको मेन्टर नियुक्त गरेको छ।

पुबुदुलाई अमेरिकामा हुने विश्व कप लिग टु अन्तर्गतको सिरिजका लागि नेपाली टोलीको मेन्टरमा नियुक्त गरिएको क्यानले बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि पुबुदुलाई मेन्टरमा नियुक्त गरिएको हो । अमेरिकामा यही कार्तिक ९ बाट १९ गतेसम्म त्रिकोणात्मक सिरिज आयोजना हुदैछ ।

सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ ।

सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

पुबुदु नेपाली टोलीका पूर्व प्रशिक्षक हुन् । उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक टि ट्वान्टी विश्वकप खेलेको थियो। केहि दिन अघि नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.