4 months ago
October 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली घोषणा भएको छ ।
बुधवार क्रिकेट अस्ट्रेलियाले प्रतियोगितामा सहभागीता जनाउने ७ सदस्यीय टोलीको घोषणा गरेको हो । अस्ट्रेलियाको कप्तानी अलराउन्डर ड्यान क्रिस्टियनले गर्नेछन् । नेपालले आफ्नो खेलमा कात्तिक १७ मा अस्ट्रेलियासँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा रहेका छन् ।
प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते रहेको छ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन्। श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् ।
सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
अस्ट्रेलियन टोली
ड्यान क्रिस्टियन(कप्तान), फवाद अहमद, एलेक्स रोस, जेम्स प्याटिन्सन, ज्याक वुड, साम हेजलेट र एन्ड्रु फ्याकिन्टी
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]