5 months ago
October 16, 2024
एजेन्सी – इङ्ग्ल्यान्डलाई हराउदै वेस्ट इन्डिजले युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलवार भएको खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले सेमिफाइनलमा स्थान बनाएको हो ।
इङ्ग्ल्यान्डले दिएको १ सय ४२ रनको लक्ष्य वेस्ट इन्डिजले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजको जितमा हेलि म्याथ्युज र क्विना जोसेफले अर्धशतकीय इनिङ खेले । जोसेफले ३८ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५२ तथा कप्तान म्याथ्युजले ३८ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५० रन बनाइन् ।
डिरेन्द्र डोटिनले १९ बलमा २७ रन बनाईन् । इङ्ग्ल्यान्डका लागि नाट सिभर ब्रुन्ट, सोफि इलस्टोन र सारा ग्लेनले समान १ विकेट लिईन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार गरेको थियो । इङ्ग्ल्यान्डका लागि नाट सिभर ब्रुन्टले ५० बलमा ५ चौकाको सहयागमा ५७ रन बनाईन् । कप्तान हेटर नाइट्सले १३ बलमा २१ तथा डानी हजले १२ बलमा १६ रन बनाईन् ।
वेस्ट इन्डिज सेमिफाइनल प्रवेशसँगै विश्वकपमा सेमिफाइनल पुग्ने चार टोलीको तय भएको छ । समूह ए को विजेताको रुपमा अस्ट्रेलिया र उपविजेताको रुपमा न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरेका छन् । समूह बी बाट विजेताको रुपमा वेस्ट इन्डिज र उपविजेताको रुपमा दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाए ।
बिहीवार हुने पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा शुक्रवार हुने दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र वेस्ट इन्डिज खेल्दै छन् ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]