5 months ago
October 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो ।
पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक हुन् । पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४ मा विश्वकपमा सहभागी भएको थियो ।
पुबुदुलाई मुख्य प्रशिक्षक जिम्मेवारी पाउँदा खुसी लागेको जनकपुरले बताएको छ । जनकपुरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । नेपाली खेलाडी छनोटका गत साताको आइतवार अक्सन भएको थियो । विदेशी खेलाडी टिमहरुले सिधै अनुबन्ध गर्न सक्नेछन् ।
जनकपुर बोल्ट्सको टिम
आसिफ शेख, ललितनारायण राजवंशी, अनिल कुमार शाह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाटी, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिको यादव र तुल बहादुर थापा
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]