5 months ago
October 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टोलीको तेस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् । दोस्रो चरणको छनोटमा रहेका २ खेलाडी तेस्रो चरणको बन्द प्रशिक्षणमा परेनन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार तेस्रो चरण छनोट गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । क्यानले भदौ १८ मा दोस्रो चरणमा २० सदस्यीय टोली छनोट गरेको थियो ।
तेस्रो चरणको बन्द प्रशिक्षण मंगलवार भैरहवामा हुनेछ ।
खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा कात्तिक २२ गते कुवेतसॅंग छ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेलमा कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कार्तिक २८ मा युएईसॅंग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
दोस्रो चरणमा छनोट खेलाडी
सोनी पाख्रिन, मनिशा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, रन्जु श्रेष्ठ, किरन कुमारी कुँवर, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी, आश्मा पुलामी मगर
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]