default_image

5 months ago

October 14, 2024

श्रीलंकामाथि वेस्ट इन्डिजको सानदार जित

680 views

0 Bookmark

एजेन्सी – श्रीलंकासँगको पहिलो टि ट्वान्टी आईमा वेस्ट इन्डिजले सानदार जित हासिल गरेको छ । वेस्ट इन्डिजले आइतवार घरेलु टोली‌ श्रीलंकामाथि ५ विकेटको जित निकालेको हो ।

वेस्ट इन्डिजले ३ टि ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ । दाम्बुलामा भएको खेलमा १ सय ८० रनको लक्ष्य पाहुना टोलीले १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजका ओपनरद्वय ब्रान्डन किंग र इभेन लुईसले अर्धशतकका साथ बलियो सुरुवात दिएका थिए ।

पहिलो विकेटका लागि किंग र लुईसले १ सय ७ रनको साझेदारी गरेका थिए । किंगले ३३ बलमा ११ चौका र १ छक्कासहित ६३ ता लुईसले २८ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाएका थिए । रोस्टन चेसले १६ बलमा १९, शरफन रादरफोर्डले १२ बलमा नट आउट १४ तथा कप्तान रोभमेन पावेलले १८ बलमा १३ रन जोडेका थिए।

श्रीलंकाका माथिसा पथिरानाले २ तथा महेश थिक्सेना, वानिन्दु हसरंगा र कमिन्डु मेन्डिसले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

कमिन्डु मेन्डि र कप्तान चरिथ असलंकाले अर्धशतकीय इनिङ खेले पनि जित हात पार्न भने सकेनन् । असलंकाले ३५ बलमा ९ चौकाको सहयोगमा ५९ तथा मेन्डिसले ४० बलमा ५१ रन जोडेका । कुशल मेन्डिसले १६ बलमा १९, भानुका राजापाक्षेले ११ बलमा १७ तथा ओपनर पथु निशंकाले १० बलमा ११ रन बनाएका थिए।

वेस्ट इन्डिजका रोमारियो शेफर्डले २ तथा अल्जारी जोसेफ, शेमार जोसेफ, गुणकेश मोटी र शेमार स्मिरिङले समान १ विकेट लिएका थिए। दुईबीचको दोस्रो टि ट्वान्टी खेल मंगलवार रहेको छ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.