default_image

5 months ago

October 14, 2024

महिला टि ट्वान्टी विश्वकप – अस्ट्रेलिया अपराजित रहँदै सेमिफाइनलमा

1196 views

0 Bookmark

एजेन्सी – साविक विजेता अस्ट्रेलिया अपराजित रहँदै युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

आइतवार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले भारतमाथि ९ रनको जित हासिल गर्दै अपराजित यात्रा जारी राखेको हो । १ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनायो ।

भारतका लागि कप्तान हरमनप्रित कौरले ४७ बलमा ६ चौकाको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेलिन् । दिप्ती शर्माले २९, शेफाली बर्माले २० तथा जेमिमा रोड्रिगेजले १६ रन जोडिन् । अस्ट्रेलियाका लागि अनाबेल सुदरल्यान्ड र सोफी मोलिनेक्सले समान २ विकेट लिए ।

त्यसअघि सारजहामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन जोड्यो । अस्ट्रेलियाका लागि ओपनर ग्रेक ह्यारिसले ४० तथा कप्तान तहिल म्याग्रेथ र एलिसा पेरीले समान ३२ रन जोडे ।

भारतका लागि रेनुका सिंह र दिप्ती शर्माले समान २ तथा शृयका पाटिल, पुजा वस्त्राकर र राधा यादवले समान १ विकेट लिए ।

समूह चरणको ४ खेलमा अपराजित रहदै साविक विजेता सेमिफइनलमा स्थान बनाउने पहिलो टोली बनेको छ । भारतले भने समान खेलमा ४ अंक जोडेर सेमिफाइनल सम्भावना कायमै राखेको छ । सोमवार हुने पाकिस्तान र न्युजिल्यान्डको खेल पछि यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको निश्चित हुन्छ ।

आजको खेलमा सेमिफाइनलमा स्थान बनाउन न्युजिल्यान्ड र पाकिस्तानलाई विजयी हुनै पर्छ । न्युजिल्यान्डलाई पाकिस्तानमाथिको सामान्य जित पर्याप्त हुनेछ ।

पाकिस्तानलाई भने न्युजिल्यान्डमाथि फराकिलो जित आवश्यक पर्नेछ । पाकिस्तानले न्युजिल्यान्डमाथि सामान्य जित निकालेमा भारत सेमिफाइनल प्रवेश गर्नेछ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.