5 months ago
October 13, 2024
एजेन्सी – इङ्ग्ल्यान्डले युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । तेस्रो जित हात पार्ने क्रममा इङग्ल्यान्डले आइतवार स्कटल्यान्डलाई पराजित गरेको हो । स्कटल्यान्डले १० विकेटको फराकिलो हार बेहोरेको हो ।
१ सय १० रनको लक्ष्य इङ्ग्ल्यान्डले १० ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
त्यसअघि सारजहामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनायो ।
इङ्ग्ल्यान्ड शतप्रतिशत जितका साथ समूह बी को शीर्ष स्थानमा छ । यसअघि नै विश्वकपको समूह चरणबाटै बाहिरिएको स्कटल्यान्डले ४ खेल खेल्दै कुनै अंक बटुल्न सकेन ।
आइतवारकै दोस्रो खेलमा भारत र साविक विजेता अस्ट्रेलियाबीचको खेल जारी रहेको छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]