5 months ago
October 13, 2024
एजेन्सी – निरन्तर खराब प्रदर्शन गरिरहेको पाकिस्तानको टेस्ट क्रिकेट टोलीबाट पूर्व कप्तान बाबर अजाम तथा तीव्र गतिका बलरद्वय शाहिन शाह अफ्रिदी र नसिम शाह हटाइएका छन् ।
इङ्ग्ल्यान्डविरुद्धको दोस्रो र तेस्रो टेस्टका लागि घोषित १६ सदस्यीय टोलीमा बाबर, शाहिन र नसिम अटाएनन् । पहिलो टेस्टपछि पाकिस्तानका कप्तान शान मक्सुदले बलिङ प्रदर्शनको आलोचना गरेका थिए। त्यसपछि टोलीमा परिवर्तन हुने अपेक्षा गरिएको थियो । तर, पाकिस्तानका तीन मुख्य खेलाडीलाई बाहिर राख्ने निर्णय आश्चर्यजनक देखिएको छ ।
पहिलो टेस्टमा पहिलो इनिङमा ५ सय रन बनाउनुको बाबजुत पनि पाकिस्तान १ इनिङ ४७ रनले पराजित भएको थियो ।
छनोट समितिमा रहेका आकिब जावेदले खेलाडीको फर्म गुमेको कारण खेलाडीको स्थान गुमाएको संकेत गरेका छन् । पाकिस्तानले कामरान गुलाम, हसीबुल्लाह र स्पिनर मेहरान मुमताजका साथै अनुभवी स्पिनर साजिद खान र नोमान अलीलाई टोलीमा समावेश गरेको छ ।
इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट १५ अक्टोबरमा मुल्तानमा र तेस्रो टेस्ट २४ अक्टोबरमा रावलपिण्डीमा सुरु हुनेछ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]