5 months ago
October 13, 2024
एजेन्सी – भारतले बंगलादेशविरुद्धको टि ट्वान्टीमा क्लिन स्विप गरेको छ। हैदरावादमा शनिवार भएको तेस्रो तथा अन्तिम टि ट्वान्टीमा भारतले बंगलादेशलाई १ सय ३३ रनले पराजित गर्याे ।
२ सय ९८ रनको लक्ष्य पछ्याएको बंगलोदशले ७ विकेट गुमाएर १ सय ६४ रन मात्रै बनायो । टोहिद ह्रिदोयले सर्वाधिक ६३ र लिटन दासले ४२ रन बनाए । भारतका रवि विश्नोइले ३ र मयंक यादवले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै २ सय ९७ रन बनायो । ओपनर सन्जु सामसनले ४७ बलमा ११ चौका र ८ छक्कासहित १बसय ११ रन बनाए ।
कप्तान सूर्यकुमार यादवलेले ७५, हार्दिक पाण्ड्याले ४७ र रियान परागले रन जोडे ।बंगालादेशका तान्जिम हसन सकिवले ३ विकेट लिए ।
भारतले बंगलादेशलाई पहिलो टि ट्वान्टी ७ विकेट र दोस्रोमा ८६ रनले हराएको थियो।पराजित गरेको थियो ।
त्यसअघि दुई टेष्टको सिरिजमा पनि भारतले ‘क्लिन स्विप’ गरेको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]