4 months ago
October 12, 2024
एजेन्सी – साबिक विजेता अस्ट्रेलियाले युएईमा जारी रहेको नवौं संस्करणको टि ट्वान्टी महिला विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा साबिक विजेताले पाकिस्तानलाई हराएको हो ।
लगातार दोस्रो हार बेहोरेको पाकिस्तान अस्ट्रेलियासँग ९ विकेटको फराकिलो अन्तरले पराजित भयो । दुबईमा भएको खेलमा पाकिस्तानले दिएको ८३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा एल्सा हिल्लेले २३ बलमा सर्वाधिक ३७ तथा एलिस पेरिले २३ बलमा नट आउट २२ रन बनाईन् ।
पाकिस्तानका लागि सदिया एकवालले १ विकेट लिईन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.५ ओभरमा ८२ रन बनाउदै अल आउट भयो । पाकिस्तानका लागि अलिया रियाजले सर्वाधिक २६ तथा सिदरा अमिन र इराम जावेदले समान १२ रन जोडे ।
लगातार तीन खेलमा जित निकाल्दै अस्ट्रेलिया समूह ए मा ६ अंकका साथ शीर्ष स्थानमा छ । अस्ट्रेलियाको सेमिफाइनल सम्भावना बलियो बनेको छ । ३ खेलमा लगातार दोस्रो हार बेहोरेको पाकिस्तान २ अंकका साथ चौथो स्थानमा छ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले नेदरल्याण्ड्सविरुद्ध टि ट्वान्टी आई सिरिजको खेलमा मध्यम योगफल तयार गरेको छ । नेदरल्याण्ड्सको सिरिजको अन्तिम खेलमा थाइल्याण्डले १ सय १० रनको लक्ष्य दिएको हो । थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको मध्यम योगफल तयार गर्यो । थाइल्याण्डका लागि नान्नाफाट चैहान नट आउट रहँदै सर्वाधिक ३६ रन […]