4 months ago
October 11, 2024
एजेन्सी – पुर्व कप्तान जो रुटको कीर्तिमानमा इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्ध पहिलो टेस्टमा जित हात पारेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा शुक्रवार सकिएको खेलमा पाहुना टोलीले १ इनिङ र ४७ रनले खेल जितेको हो । जितसँगै पाहुना टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । पाकिस्तानले पहिलो इनिङमा ५ सय ५६ रनको योगफल तयार गरेको थियो । पहिलो इनिङमा ७ विकेट गुमाएर ८ विकेट गुमाएको अवस्थामा पारी समाप्तको घोषणा गरेको थियो । पहिलो इनिङमा पाहुना टोलीले २ सय ६८ रनको अग्रता बनाएको थियो ।
दोस्रो इनिङमा घरेलु टोली २ सय २० रनमा अल आउट भएपछि खेल पाहुना टोलीले एक इनिङसहित जितेको हो । टोलीका लागि सलमान आगाले ६३ तथा आमिर जमालले नट आउट ५५ रन जोडे । पाहुना टोलीका लागि ज्याक लिचले ४ तथा बायडन क्रास र गस एटकिन्सनले समान २ विकेट लिए ।
पाहुना टोलीले पहिलो इनिङमा ७ विकेट गुमाएर ८ सय २३ रन बनाउँदा पारी समाप्तीको घोषणा गर्यो । टोलीका जो रुटले २ सय ६२ तथा ह्यारी ब्रुक ३ सय १७ रन जोडे । रुटले १२ हजार ६ सय ६४ रन बनाउदै इङ्ग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए । यसअघि यो कीर्तिमान एलेस्टर कुकको नाममा १२ हजार ४ सय ७२ रनका साथ रहेको थियो ।
चौथो विकेटका लागि रुट र ब्रुकले ४ सय ५४ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यसअघि यो कीर्तिमान ४ सय ११ रनका साथ कोलिन र पिटरको नाममा रहेको थियो ।
त्यसअघि बेन डुकेटले ८४ तथा ओपनर ज्याक क्रलीले ७८ रन जोडे । घरेलु टोलीका लागि सैयम अयुव र नसिम शाहको नाममा समान २ तथा आमिर जमाल, सलमान आगा र शाहिन शाह अफ्रिदीका नाममा समान १ विकेट रहे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो इनिङको समाप्तीमा तीन शतकको सहयोगमा ५ सय ५६ रनको विशाल योगफल तयार गरेको थियो ।
घरेलु टोलीका कप्तान शान मक्सुद, आगा सलमान र अब्दुल्लाह शफिकले शतकीय पारी खेलेका थिए । मक्सुदले १ सय ५१, सलमान आगाले १ सय ४ तथा शफिकले १ सय २ रन बनाए । साउद शकिलले ८२, बाबर अजामले ३० तथा शाहिन शाह अफ्रिदीले २६ रन जोडे ।
पाहुना टोलीका लागि ज्याक लिचले ३ तथा गस एटकिन्सन र ब्रायडन कार्सले समान २ विकेट लिए । दुईबीचको दोस्रो टेस्ट खेल मंगलवारबाट मुल्तानमा सुरु हुनेछ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले नेदरल्याण्ड्सविरुद्ध टि ट्वान्टी आई सिरिजको खेलमा मध्यम योगफल तयार गरेको छ । नेदरल्याण्ड्सको सिरिजको अन्तिम खेलमा थाइल्याण्डले १ सय १० रनको लक्ष्य दिएको हो । थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको मध्यम योगफल तयार गर्यो । थाइल्याण्डका लागि नान्नाफाट चैहान नट आउट रहँदै सर्वाधिक ३६ रन […]