5 months ago
October 11, 2024
एजेन्सी – युएईमा जारी टि ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजले लगातार दोस्रो जित हासिल गरेको छ । वेस्ट इन्डिजले बिहीवार बंगलादेशमाथि ८ विकेटको फराकिलो जित हात पार्यो ।
१ सय ४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १२.५ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजको जितमा हेलि म्याथ्युजले २२ बलमा ३४ तथा स्टेफन टेलरले २९ बलमा २७ रन बनाइन् ।
बंगलादेशका लागि नहिदा अक्तर र मरुफा अक्तरले समान १ विकेट लिइन् ।
सारजहामा त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।
बंगलादेशका लागि कप्तान निगर सुल्तानले ४४ बलमा ३९ तथा ओपनर दिलेरा अक्तरले १८ बलमा १९ रन जोडिन् । वेस्ट इन्डिजका लागि करिष्मा रामहरकले ४ तथा अफि फ्रलेचरले २ विकेट लिईन् ।
पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित वेस्ट इन्डिजले त्यसपछि स्कटल्यान्ड र बंगलादेशसँग लगातार जित निकालेको छ ।
३ खेलमा ४ अंकका साथ वेस्ट इन्डिज समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान खेलबाट २ अंक जोडेको बंगलादेश चौथो स्थानमा छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]