5 months ago
October 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।
विराटनगरले बिहीवार सामाजिक संजाल मार्फत ओ ब्राइनलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । ओ ब्राइनले आयरल्यान्डबाट ३ टेस्ट, १ सय ५३ ओडिआई र १ सय १० टि ट्वान्टी आई खेलेका छन् । ओ ब्राइन आयरल्यान्डका लागि तीनै फर्म्याटमा शतक प्रहार गर्ने एक मात्र खेलाडी हुन् ।
विराटनगरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने छन् । एनपिएलको अक्सन गत आइतवार भएको थियो । अक्सनबाट सहभागी हरेक टोलीले १० नेपाली खेलाडी टोलीमा भित्राएका छन् ।
हरेक टोलीले आफ्नो अनुकुलका ४ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।
विराटनगरको टिम
सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिशी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुवास भन्डारी, नरेन भट्ट र मिर्नाल गुरुङ
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]