5 months ago
October 9, 2024
एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो ।
भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।
बंगालादेशका लागि महमुदुल्लाहले ३९ बलमा ४१, मेहेदी हसन मिराज र प्रविन हौसेनले समान १६ तथा लिटन दासले १४ रन जोडे ।
भारतका जितिशकुमार रेड्डी र वरुण चक्रवर्तीले समान २ तथा अर्शदिप सिंह, वासिटंन सुन्दर, अभिषेक शर्मा,मंयक यादव र रियान परागले समान १ विकेट लिए ।
अरुण जेट्ली क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रनको योगफल तयार गरेको थियो ।
घरेलु टोलीका लागि नितिशकुमार रेड्डी र रिंकु सिंहले अर्धशतक बनाएका थिए । रेड्डीले ३४ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ७४ रन जोडे । रिंकुले २९ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।
हार्दिक पान्ड्याले १९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ तथा रियान पराग र ओपनर अभिषेक शर्माले समान १५ रन बनाए ।
बंगालादेशका रिसाद हौसेनले ३ तथा तस्किन अहमद, मुस्ताफिजुर रहमान र तान्जिम हसन साकिवले समान २ विकेट लिए । दुई देशबीचको तेस्रो टि ट्वान्टी खेल शनिवार रहेको छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]