default_image

4 months ago

October 8, 2024

तीन शतकको सहयोगमा पाकिस्तानको विशाल योगफल

4019 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो इनिङको समाप्तीमा तीन शतकको सहयोगमा ५ सय ५६ रनको विशाल योगफल तयार गरेको छ ।

घरेलु टोलीका कप्तान शान मक्सुद, आगा सलमान र अब्दुल्लाह शफिकले शतकीय पारी खेलेका थिए । कप्तान शानले १ सय ७७ बलमा १ सय ५१, आगा सलमानले १ सय १९ बलमा १ सय ४ तथा ओपनर शफिकले १ सय ८४ बलमा १ सय २ रन बनाएका थिए ।

साउद सकिलले १ सय ७७ बलमा ८२, बाबर अजामले ३०, नसिम शाहले ३३ तथा शाहिन शाह अफ्रिदीले ४९ बलमा २६ रन जोडेका थिए । पाहुना टोलीका लागि ज्याक लिचले ३, गस एटकिन्सन र ब्रायडन कार्सले समान २ तथा शोयब बसिर, जो रुट र क्रिस वोक्सले समान १ विकेट लिए ।

आजै पहिलो इनिङको सुरुवात गरेको पाहुना टोलीले दोस्रो दिनको खेल सकिदा १ विकेट गुमाएर ९६ रन जोडेको छ । टोलीका ओपनर ज्याक कलीए ६४ तथा जो रुट ३२ रनमा नट आउट रहेका छन् । दोस्रो दिनको खेल सकिदा पाहुना टोली पहिलो इनिङमा ४ सय ६० रनले पछि रहेको छ ।

February 6, 2025

स्टोइनिसकाे ओडिआई क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]

February 6, 2025

अर्जुन ट्रफी – सलाउद्दिनको ५ विकेटमा दशरथको जित

काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]

February 6, 2025

नेदरल्याण्ड्सविरुद्ध थाईल्याण्डको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले नेदरल्याण्ड्सविरुद्ध टि ट्वान्टी आई सिरिजको खेलमा मध्यम योगफल तयार गरेको छ । नेदरल्याण्ड्सको सिरिजको अन्तिम खेलमा थाइल्याण्डले १ सय १० रनको लक्ष्य दिएको हो । थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको मध्यम योगफल तयार गर्यो । थाइल्याण्डका लागि नान्नाफाट चैहान नट आउट रहँदै सर्वाधिक ३६ रन […]

Success

Thank you for your time.