default_image

5 months ago

October 8, 2024

महान्यायाधिवक्ता कार्यालयले सन्दीप विरूद्ध पुनरावेदन नगर्ने

2222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ।

उच्च अदालतको फैसला चित बुझेको कारण पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका सूर्यराज दाहालले बताए।

असोज १० गते सन्दीप विरूद्धको उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको हो।‌ उक्त मुद्दामा सरकारी पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि उच्च अदालत पाटनको फैसला यथावत रहनेछ।

सन्दीप विरूद्धको मुद्दामा गत जेठ २ गते आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला उच्च अदालत पाटनले गरेको थियो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना, ५ लाख क्षतिपूर्ति तिराउने र गौशाला-२६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो। काठमाडौं जिल्ला अदालतको सो निर्णय विरूद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए।

गौशला-२६ लाई बलात्कार गरेको अभियोगमा सन्दीप विरूद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

सन्दीप हाल राष्ट्रिय टोलीका साथ क्यानडामा छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.