4 months ago
October 7, 2024
एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो दिन मजबुत सुरुवात गरेको छ । ३ टेस्टको सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिन सोमवारको खेल सकिदा ४ विकेट गुमाएर ३ सय २८ रन जोडेको छ । नसिम शाह र साउद सकिल क्रिजमा छन् ।
त्यसअघि टोलीका कप्तान शान मक्सुद र अब्दुल्लाह शफिकले शतकीय पारी खेलेका थिए । कप्तान शानले १ सय ७७ बलमा १ सय ५१ तथा ओपनर शफिकले १ सय ८४ बलमा १ सय २ रन बनाएका थिए ।
बाबर अजामले ३० रन बनाए । पाहुना टोलीका लागि गस एटकिन्सनले २ तथा ज्याक लिच र क्रिस वोक्सले समान १ विकेट लिए ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले नेदरल्याण्ड्सविरुद्ध टि ट्वान्टी आई सिरिजको खेलमा मध्यम योगफल तयार गरेको छ । नेदरल्याण्ड्सको सिरिजको अन्तिम खेलमा थाइल्याण्डले १ सय १० रनको लक्ष्य दिएको हो । थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको मध्यम योगफल तयार गर्यो । थाइल्याण्डका लागि नान्नाफाट चैहान नट आउट रहँदै सर्वाधिक ३६ रन […]