5 months ago
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले प्रकाश खड्कालाई सिइओमा नियुक्त गरेको छ ।
खड्का र सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरेको टोलीले जनाएको छ।
१० वर्ष भन्दा लामो समय क्रिकेटमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेका खड्का धनगढी प्रिमियर लिग (डिपिएल) का समेत निर्देशकका रुपमा रहिसकेका छन् ।
सुदूरपश्चिमको पहिचान बोकेर एनपिएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको सिइओ खड्काले बताए ।
उनले भने, ‘सुदूरपश्चिम क्षेत्र क्रिकेटको उर्वर भूमी हो । हाम्रो क्षेत्रको प्रतिनिधित्व गरेको टोलीको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको छ । अब मैदानभित्र टोलीलाई थप बलियो बनाउन हाम्रो प्रयास हुनेछ । मार्कीमा हाम्रै क्षेत्रका दीपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटा हुँदा थप बल पुगेको छ ।’
मालिक शाहले सम्झौता पछि भने , ‘ प्रकाश खड्का जीसँग धनगढी प्रिमियर लिग (डिपिएल) व्यवस्थापनको अनुभव छ । उहाँको आगमनले हाम्रो टोलीको व्यवस्थापन थप चुस्त हुने विश्वास छ।’
टोलीले बिहीवार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा छन्।
एनपिएल मंसिर १६ देखि पुस ६ गतेसम्म हुनेछ । नेपाली खेलाडीको अक्सन आइतवार हुँदैछ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]